जिप्रका, पर्साले एक साताका लागि ८ बजेदेखि ५ बजेसम्म सेवा दिने
बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीको भिड अत्यधिक बढ्दै गएको कारण एक साताका लागि कार्यालय बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साले आज एक सूचना जारी गर्दै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सेवालाई थप प्रभावकारी बनाउन सेवा अवधि थप गरिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्वारा जारी सूचनामा मुख्य चाडपर्वहरूको सार्वजनिक बिदापछि जिल्ला प्रशासन कार्यालय, पर्सामा सेवाग्राहीको चाप अत्यधिक बढेकोले मङ्सिर २ देखि ९ गतेसम्म नागरिकता सम्बन्धी सेवा र राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन कार्य सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म प्रवाह गरिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्