तपाईँ सुन्दै हुनुहुन्छः

मौद्रिक नीतिको समीक्षाका लागि ८ बुँदे सुझाव पेश

काठमाडौँ । वाणिज्य बैङ्कहरूले आगामी मौद्रिक नीतिको समीक्षाका लागि ८ बुँदे सुझाव पेश गरेका छन् ।

बुधवार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकर्सहरुले आगामी मौद्रिक नीतिको समीक्षाका लागि सुझाव पेश गरेका हुन् ।

बैङ्कहरूमा देखिएको लगानी योग्य रकम (तरलता) संकट समाधानका लागि बैङ्कहरूले सहज नीतिको अपेक्षा गरेका छन् ।

८ बुँदे सुझावमा निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन, कर्जा निक्षेप अनुपात, तरलता अनुपात लगायतका विषयमा केही सहज नीति हुनु पर्ने बैंकर्स सङ्घको सुझाव रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button