तपाईँ सुन्दै हुनुहुन्छः

‘मातृ मृत्युदर अध्ययनले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्छ’

काठमाडौँ । पहिलो पटक भइरहेको जनगणनामा आधारित मातृ मृत्युदर सम्बन्धी अध्ययनले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा जनसङ्ख्या व्यवस्थापन शाखा प्रमुख कपिलप्रसाद तिमल्सिनाले जनगणनाबाट आउने मातृ मृत्युदरको आँकडालाई विज्ञहरू मार्फत विस्तृत विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरिने बताउनुभयो । 

मातृ मृत्युदरको अध्ययनलाई विशेष प्राथमिकता दिइएको बत्ताउनुहुँदै प्रमुख तिमल्सिनाले  सन २०१६ मा प्रति लाख जन्मको २ सय ३९ रहेको मातृ मृत्युदर ७० मा झार्ने दिगो विकासको लक्ष्यमा टेवा पुग्ने जानकारी दिनुभयो ।  

जनगणनामा १५ देखि ४९ वर्षका महिलाहरूको मृत्यु भएको तथ्याङ्क सङ्कलन गरिने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button