तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिविद्रोह तथा जङ्गल युद्धकला सम्बन्धी तालिम समापन

काठमाडौँ । नेपाली सेनाले सञ्चालन गरेको प्रतिविद्रोह तथा जङ्गल युद्धकला सम्बन्धी तालिमको समापन भएको छ ।

अमलेखगंजमा नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा सञ्चालित सो तालिममा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी गराई सञ्चालन भएको “Counter Insurgency and Jungle Warfare” तालिमको एक कार्यक्रमकाबीच सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्‍जन कुमार श्रेष्ठको आतिथ्यतामा समापन भएको छ ।

उक्त शिक्षालयको विविध गतिविधिहरू समावेश गरी तयार पारिएको “ A Journey to Excellence ” नामक कफि टेबल बुक समेत विमोचन गरिएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत नेपालस्थित अमेरिकी राजदूतावासका सैनिक सहचारी, Office of Defence Cooperation (ODC) का प्रमुख र PACOM Augmentation Team का Chief को समेत उपस्थिति रहेको थियो ।  

तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत २३ जना र अन्य दर्जा ५२ जना गरी जम्मा ७५ जना सहभागी भएका थिए भने विदेशी शिक्षार्थीतर्फ मित्रराष्ट्र अमेरिका, केन्या, बङ्गलादेश, श्रीलङ्का तथा कोरियाबाट अधिकृत शिक्षार्थी जम्मा ५ जना सहभागी भएको नेपाली सेनाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button