तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४औँ महाधिवेशन : कैलालीका पाँच वटा पालिकाको अधिवेशन सम्पन्न

धनगढी  । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कैलालीमा पाँच वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । 

१३ वटा पालिका रहेको  कैलालीमा काँग्रेसको गाउँ तथा नगर अधिवेशन कार्तिक ३० गतेदेखि सुरु भएको थियो । 

नेपाली काँग्रेस कैलाली प्रचार–प्रसार समितिका अनुसार हालसम्म तीन वटा पालिकामा सर्वसम्मत र दुई वटा पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ । 

जसमा धनगढी उपमहानगरपालिकाको नगर सभापतिमा यज्ञराज उपाध्याय, जानकी गाउँपालिका सभापतिमा गणेशराज रेग्मी, कैलाली गाउँपालिका सभापतिमा कृष्णप्रसाद चौधरी, बर्दगोरिया गाउँपालिका सभापतिमा कृष्ण विष्ट र मोहन्याल गाउँपालिका सभापतिमा कमलबहादुर साउद चयन भएको प्रचार(प्रसार समिति संयोजक नृप सुनारले बताउनुभयो ।

बाँकी पालिकामा नेतृत्वको चयन पक्रिया जारी रहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button