मुख्यमन्त्री राईले पाउनुभयो विश्वासको मत

विराटनगर । प्रदेश न १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाको बैठकमा आज भएको मत विभाजनमा मुख्यमन्त्री राईको पक्षमा ५० र विपक्षमा २९ मत प्राप्त भएको छ ।
मुख्यमन्त्री राईले प्राप्त गर्नु भएको मत प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत रहेको प्रदेश न १ का सभामुख प्रदीप भण्डारीले बताउनुभयो । प्रदेश न १ मा ९२ जना प्रदेशसभा सदस्य रहेका छन् ।
मुख्यमन्त्री राईलाई उहाँको पार्टी नेकपा (एकिकृत समाजवादी) पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले मत दिनु भएको थियो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री राईको प्रस्तावको विपक्षमा मत दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्