न्यायालयभित्रको समस्या एक दुई दिनमा समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले न्यायालयमा देखिएको समस्या न्यायालय भित्रबाट छिट्टै समाधान हुने बताउनु भएको छ ।
नेकपाका अध्यक्ष प्रचण्डले आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै न्यायालयको समस्या एक÷दुई दिनभित्र अदालतबाट नै सल्टिने विश्वास सर्वदलीय समन्वय समितिको हिजो सम्पन्न बैङ्कले आशा व्यक्त गरेको बताउनुभयो ।
उहाँले न्यायालय भित्रको समस्याको समाधान छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताउनु भयो । अदालत भित्रको विवाद अदालतले नै हल गर्नु पर्दछ भन्ने पक्षमा राजनीतिक दलहरू भएको नेकपा केन्द्रका अध्यक्ष प्रचण्डले बताउनु भयो ।
उहाँले अदालतमा देखिएको समस्या एक दुई दिनमा भित्रबाट समाधान नभए राजनीतिक रुपमा हल गरिने अध्यक्ष दाहालले बताउनुभयो ।
सरकारलाई सहयोग गर्न गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको भन्दै उहाँले यस विषयमा थप बोल्न आवश्यक नरहेको स्पष्ट पार्नु भयो । महोत्तरी जिल्लाको कार्यक्रममा सरिक हुनका लागि जनकपुरधाम प्रचण्ड जनकपुरधाम आउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्