तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

जिल्लाको लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्मा बस्ने बर्ष ७० को सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले बताउनुभयो । 

डिएसपी गौतमका अनुसार उनले आफ्नो ५६ बर्षीया श्रीमती चतुरमाया राईको धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो । 

मृतक चतुरमाया सन्तबहादुरको कान्छी श्रीमती हुन् । राईले प्रयोग गरेको धारिलो हतियारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीयहरू बताउँछन् । 

स्थानीयका अनुसार श्रीमतीको हत्या गरेपछि राईले आफ्नै घाँटी रेटेका थिए । 

घाइते राईको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको छ भने मृतक राईको शव ल्याउने तयारीमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button