तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

ना ३ च ११९३ नम्बरको बोलेरोले ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ वर्षीय अविरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 

हेटौँडाबाट रातोमाटो जाँदै गरेको मोटरसाइकललाई हेटौँडा–९ हनुमान गेट नजिक बोलेरोले ठक्कर दिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button