सर्वोच्चमा आज दुई वटा इजलास, बन्दी प्रत्यक्षीकरण बाहेक मुद्दामा सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा आज दुई वटा इजलास मात्र बन्दी प्रत्यक्षीकरण बाहेक मुद्दामा सुनुवाइ भएको छ ।
न्यायाधीश तेज बहादुर केसी र कुमार चुडालको संयुक्त इजलास र न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको अर्को एउटा संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ भएको हो ।
दुवै इजलासले २/२ वटा मुद्दाको सुनुवाइ गरेका छन् ।
आजका लागि तोकिएका नौ इजलासमध्ये दुई वटामा नियमित सुनुवाइ भए पनि अन्य दुई इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दामा मात्र सुनुवाइ भएको छ ।
न्यायाधीशहरुले इजलासमा बस्न इन्कार गरेका कारण अरू पाँच वटा इजलास भने आज पनि बस्न सकेन ।
प्रधानन्यायाधीश जबराले आज आफूलाई इजलासबाट अलग गर्दै नौ इजलासमा कुल १ सय ८८ मुद्दाको पेसी तोक्नुभएको थियो । तीमध्ये आज ६ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरूले तीन सातायता बन्दी प्रत्यक्षीकरण मुद्दाबाहेक अन्य मुद्दा हेर्न इन्कार गर्दै आएका छन् ।
यसैबिच, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ ।
केही दिनयता बहस पैरवीसमेत रोकेर आन्दोलनमा उत्रिएको बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहने जनाएको छ ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन सातायता आन्दोलनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्