अब छ सय मै पोखराका पर्यटकीय स्थलहरू घुम्न पाइने

पोखरा । पोखराका पर्यटकीय स्थलहरू घुम्न इच्छुक पर्यटकलाई लक्षित गर्दै ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याइएको छ । छोटो समय लिएर पोखरा आउने पर्यटकलाई लक्षित गर्दै स्विफ्ट होलिडे पोखराले दुई रुटमा उक्त बस सञ्चालन गरेको हो । सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुई वटा बस सञ्चालन हुने छन् । उक्त बस मार्फत पोखराका पर्यटकीय स्थलहरू घुम्नको लागि रु. ६ सयको प्याकेजको व्यवस्था छ । महगों ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्दै आएका पर्यटकहरू अब भने सस्तो गाडी भाडामै चाहेको पर्यटकीय स्थल जान पाउने छन् ।
हल्लनचोकबाट छुटेको रुट १ को बस विन्ध्यवासिनी, चमेरे गुफा, महेन्द्र गुफा, सेती नदी हुँदै वेगनासतालको अवलोकनपछि दिवा खानामा रोकिनेछ । त्यसपछि डेभिजफल्स र गुप्तेश्वर गुफा, लेकसाइड हुँदै खपौदी गएर एक घण्टा घुमघामका लागि रोकेपछि पर्यटकलाई हल्लनचोक र फिस्टेल गेटमा छोडेर ८ घण्टाको घुमघाम प्याकेज सकिनेछ ।
लेकसाईडको स्ट्रिट नं २ फिष्टेल गेटबाट बिहान छुटेको रुट २ को बस पर्यटकलाई विन्ध्यवासिनी, सराङकोटको भ्यूटावर, पोखराको बजारको अवलोकन,मोहोरिया टोल, भीमसेन टोल हुँदै, रातो पैह्रोस्थित पञ्जी नेपालको अवलोकनसँगै डेभिजफल्स, गुप्तेश्वर गुफा भ्रमणपछि खानाको समय हुनेछ । त्यसपछि पुम्दी भुम्दीको शान्ति स्तूपा र शिव मूर्ति लगिनेछ । यात्रामा अवलोकन गर्ने ठाँउहरुको प्रवेश शुल्क र खानाको खर्च आफैँ व्यवस्था गर्नुपर्नेछ । बस टिकट ई सेवाबाट र ट्राभल एजेन्सीबाट काट्न सकिनेछ ।








प्रतिक्रिया राख्नुहोस्