तपाईँ सुन्दै हुनुहुन्छः

चीन-अमेरिका आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।

राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताउँनुभएको छ । राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ सहज बनाउने चाहानालाई चीनले गम्भीरताका साथ लिएको र चीन र संयुक्त राज्य अमेरिका बीचको आर्थिक र व्यापारिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्ने र दुई देशको अर्थतन्त्रको पुनरुत्थानमा द्रुतमार्गको व्यवस्था गर्न सहमत भएको बताउँनुभएको छ ।

उहाँले संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यवसायहरूलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गर्न वा बढावा दिने काम भने बन्द गर्नुपर्ने बताउँनुभएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button