तपाईँ सुन्दै हुनुहुन्छः

कस्तो छ आजको मौसम ?

काठमाडौँ।हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बुधवार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण 

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल मौसमको अवस्था

हाल देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

  
२०७८ मंसिर ०१ गते (बुधबार) 

दिउँसो:  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। 

राती:   देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मंसिर ०२ गते (बिहिबार) 

दिउँसो:  देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

राती:   देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मंसिर ०३ गते (शुक्रबार) 

दिउँसो:   सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:   सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउनु  हुन  अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button