‘कानूनका कुरा’ प्रसारण गर्नेसम्बन्धी सम्झौता
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र रेडियो नेपालबीच कानूनसम्बन्धी जानकारी तथा सचेतनामूलक कार्यक्रम र सन्देश प्रसारण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार रेडियो नेपालबाट हरेक बुधवार बिहान ७ बजेको समाचारपछि ‘कानूनका कुरा’ नामक कार्यक्रम प्रसारण हुने छ ।
त्यसैगरी, विभिन्न भाषामा चेतनामूलक सूचना तथा सन्देश पनि प्रसारण हुने छन् ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राजाराम दाहालले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्