तपाईँ सुन्दै हुनुहुन्छः

चोरिएका सामानसहित दुई जना पक्राउ

कञ्चनपुर । करोडौँ मूल्यका गरगहना, ल्यापटप र नगद रकम चोरी ल्याएका दुई जनालाई कञ्चनपुरको बेलौरीबाट प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटिया बस्ने ३८ वर्षीय लाल बहादुर शाही र कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीया विष्णु कुमारी सिंह शाहीलाई मङ्गलवार बेलौरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार भारतको बैङ्गलोरबाट हालै स्वदेश फर्किई बेलौरी स्थित शाहीको घरमा बसिरहेका दुवै जनाको साथबाट ठूलो मात्रामा गरगहना, मूर्ति सहित ल्यापटप र विभिन्न देशका मुद्राहरू समेत बरामद गरिएको छ । 

प्रारम्भिक अनुसन्धान पछि थप कारबाहीका लागि उल्लेखित दुवै जना र सामानहरू इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button