तपाईँ सुन्दै हुनुहुन्छः

आज ३ सय ७७ जनामा संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

९ हजार १ सय ४९ नमूनाको परिक्षण गर्दा ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै कोरोना सङ्क्रमणबाट आज १ सय ७० जना निको भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ । 

आज कोरोना सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८२ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button