तपाईँ सुन्दै हुनुहुन्छः

गायिका हरिदेवी कोइरालालाई क्षेत्रप्रताप साहित्य पुरस्कार

तनहुँ ।  वरिष्ठ लोक तथा दोहोरी गायिका हरिदेवि कोइरालालाई क्षेत्रप्रताप साहित्य स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।  गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको पुरस्कार कोइरालालाई दिने निर्णय भएको हो ।

पुरस्कार मूल्याङ्कन छनोट समितिका संयोजक डिल्लीराम मिश्र श्रमजीवी, सदस्य एवं मञ्चका अध्यक्ष आकाश अधिकारी, कवि क्षेत्रप्रतापका सुपुत्र एवं पुरस्कारदाता अमनप्रताप अधिकारी, मञ्चका सल्लाहकार तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश, पदेन सदस्य डा.वासुदेव त्रिपाठीले प्राज्ञ परिषद् सदस्य समेत रहेकी कोइरालालाई छनोट गरेको थियो ।

विगत चार दशक भन्दा बढी समय देखि नेपाली नेपाली मौलिक लोक गीत, सङगित, लोक संस्कृति एवं लोक साहित्य लेखन क्षेत्रमा पु¥याएको विशिष्ट योगदान कदर स्वरूप उनलाई सम्मान गर्ने निर्णय भएको मञ्च सचिव दिवाकर भट्टराईले जानकारी दिनुभयो ।

नारीको पिडा बोधलाई सम्बोधन गर्दै उनीहरूको उन्नति र प्रगतिको पक्षमा आफ्नो सुन्दर लेखन क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप गायिका कोइरालालाई सम्मान गर्ने निर्णय भएको मञ्चले जनाएको छ ।

यसैगरी मञ्चले गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने शनिबार निर्णय गरेको छ  । उक्त पुरस्कारको राशि रु सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोक गायिका आशा बिसीलाई पुरस्कृत गर्ने निर्णय मञ्चले गरेको छ । 

गीतल राष्ट्रिय पुरस्कार तथा गीतल प्रतिभा पुरस्कारको लागि छनोटको लागि संयोजक शिव आर्य रहेका थिए । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । पुरस्कार आगामी चैत्रमा कवि क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा एक विशेष समारोहका बीच  प्रदान गरिने मञ्चले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button