झापामा बन्द गराउँदै हिँडेका विप्लवका ८ कार्यकर्ता पक्राउ
भद्रपुर, झापा । झापामा बजार बन्द गराउँदै हिँडेका ८ जना पक्राउ परेका छन् । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता परेका हुन् ।
आज मङ्गलवार पेट्रोलियम पदार्थलगायत अन्य खाद्य वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा बजार तथा यातायात बन्द गराउँदै हिँडेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । प्रहरीले झापाको बुधबारेबाट सात जना र मेचीनगरको इँटा भट्टाबाट एक जनालाई नियन्त्रणमा लिएको थियो ।
‘विप्लव’ नेतृत्वको नेकपा गरेको नेपाल बन्दको प्रभाव झापामा आंशिक परेको छ । झापामा छोटो दुरीका सवारीसाधन छिटफुट चले पनि लामो दूरीका चलेनन् । जिल्लाका अधिकांश विद्यालय बन्द रहे । साना सवारीहरू अटो रिक्सा, सिटिरिक्सा, मोटरसाइकल भने निर्बाध चलेका थिए ।








प्रतिक्रिया राख्नुहोस्