तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ११ जुवाडे पक्राउ

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा अवैध रुपमा कौडा खेल्ने ११ जना जुवाडे पक्राउ परेका छन् । 

मङ्गलवार दिउँसो २ बजे वडा न ४ फलाम्दीको एक घरमा जुवा खेलिरहेका उनीहरूलाई नगद सहित जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पक्राउ गरेको हो । 

प्रदेश प्रहरीको कार्यालय पोखराले दिएको जानकारी अनुसार कौडा खेलिरहेको स्थानबाट १६ थान कौडा सहित ४५ हजार ३२० रुपैयाँ बरामद भएको छ । 

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ परेको उनीहरू विरुद्ध अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button