तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी स्कटिङमा छोटो तथा लामो दुरीका बसहरू सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरबाट प्रहरी स्कटिङमा छोटो तथा लामो दुरीका बसहरू सञ्चालनमा आएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावका कारण बिहानबाट यात्रुहरू महेन्द्रनगर बसपार्क क्षेत्रमा अलपत्र परेपछि उनीहरूलाई गन्तव्य सम्म पुगाउन कञ्चनपुर प्रहरीले स्कटीङ गरी रहेको छ ।

प्रहरीले स्कटीङमा सुदूरपश्चिमका पहाडी जिल्ला र पूर्व तर्फका बसहरू सञ्चालनमा आएका छन् । प्रहरीले कुनै घटना हुन नदिन पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सङ्ख्या बढाएर गस्ती गरी रहेका  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज बिहानैदेखि महेन्द्रनगरवाट चल्ने लामो तथा छोटा दुरीका कुनै पनि सवारी सञ्चालनमा आएका थिएनन् भने बजारहरू, शैक्षिक संस्था र वित्तीय संस्थाहरूमा भने बन्दको प्रभाव पूर्ण रुपमा बन्द भएका छन् । 
ठाउँ ठाउँमा प्रहरीको सुरक्षा व्यवस्था कडा गरिएको  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button