तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति र कोरियाका राजदूतबीच भेट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत His Excellency Mr. Park Chong-Suk बीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button