तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा विप्लवका कार्यकर्ता पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले सदरमुकाम वीरेन्द्रनगरमा बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

आज सडकमा टायर बालेर जबरजस्ती बजार बन्द गराउन खोजेपछि विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । यो समाचार तयार पारुन्जेल कुनै अप्रिय खबर प्राप्त नभए पनि बिहानैदेखि नेकपा (विप्लव) का कार्यकर्ताले जिल्लाका विभिन्न स्थानका सडकमा टायर बालेर प्रदर्शन गरेको जानकारी प्राप्त भएको छ । 

विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै देशभर बन्द आव्हान गरेको छ । सुर्खेतमा बन्दको आंशिक प्रभाव देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button