तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका ४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान सवा चार बजे बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक सुनकोशी ७ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कार्कीको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल गठ्ठाघरतीरबाट थिमीतर्फ गइरहेको थियो ।

शब पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको प्रहरीले जनाएको छ ।

असावधानीपूर्वक सवारी चलाउँदा मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button