तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट चोरी गरेर ल्याइएका गहना र लाखौँ नगद सहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट चोरी गरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगद रकमसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

भारतीय प्रहरीको सूचनाका आधारमा कञ्चनपुरको बेलौरीका २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

बरामद गरिएका सुन, चाँदीलगायत सबै सामाग्री करोडौँ मूल्यको भएको र पहिचानका लागि प्राविधिक बोलाएर काम भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुन, गरगहना र नगदसहित बेलौरी नगरपालिका–१ पटैयाका लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताउनु भएको छ । 

बरामद गरिएको सामाग्रीको सूची तयार भइरहेको छ । उनीहरूले भारतको ब्याङलोरबाट गरगहना, नगद र सुन चोरी गरेर नेपाल ल्याएका थिए । त्यहाँका एक जना व्यापारीका घरमा काम गर्ने बेलौरीका ती दुई जनाका बारेमा सशस्त्र प्रहरीलाई खबर आएको थियो । सशस्त्र प्रहरीकाले नेपाल प्रहरीलाई खबर गरी घरमै छापा मारेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button