तपाईँ सुन्दै हुनुहुन्छः

बन्दले कर्णाली प्रदेश ठप्प (फोटो फिचर)

सल्यान । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव सल्यान सहित कर्णाली प्रदेशका सबै जिल्लामा देखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्ध गरिएको नेपाल बन्दले छोटो तथा लामो दुरीका गाडीहरू ठप्प छन् भने बजार, स्कुल, कलकारखाना लगाएका क्षेत्रहरू बन्द रहेका छन् ।सल्यानका मुख्य बजारहरू पनि बन्द रहेका छन् । जिल्लाका प्रमुख व्यापारी केन्द्रहरू श्रीनगर, खलंगा, थारमारे, लुहाम, कपुरकोट, सल्लीबजार लगायतका बजार क्षेत्रहरू बिहानैदेखि सुनसान छन् ।

जिल्लाबाट छोटो तथा लामो दुरीमा छुट्ने सार्वजनिक यातायातका सवारी साधनहरू चलेका छैनन् । जिल्लामा बन्दको प्रभाव परेको र बन्द शान्तिपूर्ण हुनुका साथै अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।बन्दको अवधिमा अस्पताल, एम्बुलेन्स, शवबहान, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थका गाडी, प्रेसका सवारी, दमकल लगायत अत्यावश्यक सेवाहरू भने चल्न दिएको नेकपा सल्यानका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सविन पोखरेलले बताउनुभयो ।

बन्द बेलुकी ५ बजेसम्म रहने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button