कञ्चनपुरमा बन्द प्रभाव, जनजीवन प्रभावित

कञ्चनपुर।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावका कारण कञ्चनपुर जिल्लाको जनजीवन पनि प्रभावित भएको छ ।
आज बिहानैदेखि महेन्द्रनगरवाट चल्ने लामो तथा छोटा दुरीका कुनै पनि सवारी सञ्चालनमा आएका छैनन् भने बजारहरू, शैक्षिक संस्था र वित्तीय संस्थाहरूपनि बन्दको प्रभाव परेको छ ।
ठाउँ ठाउँमा प्रहरीको सुरक्षा व्यवस्था कडा देखिएको छ।








प्रतिक्रिया राख्नुहोस्