तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा नेपाल बन्दको प्रभाव : बनेपाबाट १३ बन्दकर्ता पक्राउ

काभ्रेपलान्चोक। नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध जनाउँदै आज काभ्रेमा बिहानैदेखि नै बन्दको प्रभाव देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले बनेपा बजारबाट १३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
जिल्ला अन्तर्गत अरनिको र बिपी राजमार्गमा यात्रु बहाक सवारी साधन चलेका छैनन् । दुई पाङ्ग्रे सवारी साधन पनि राजमार्गमा कम गुडेको देखिन्छन् ।

एम्बुलेन्स, दूध, तरकारी, कुखुरा बोकेका सवारी साधन निर्बाध रुपमा चलेका छन् । जिल्लाको बजारी क्षेत्र बनेपा, धुलिखेल, पनौती, पाँचखाल, कुन्ताबेसी, भकुन्डे चोकहरूमा सुरक्षाका लागि प्रहरीको सङ्ख्या बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button