चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन
भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहनु भएकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो ।
उहाँकी छोरी रचना यादवले उहाँको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गर्नुभएको छ ।
स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् ।
उहाँको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उहाँको निधन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्