तपाईँ सुन्दै हुनुहुन्छः

मुगुको गमगढी बजारमा भीषण आगलागी, २० घर जलेर नष्ट

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन्।

राती १२ बजेदेखि सुरू भएको आगलागी बिहान ४ः३० मा मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताउनुभयो ।

स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको भट्टराईले बताउनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। पसल भएका घरहरू पनि जलेकोले धेरै क्षति भएको अनुमान छ।आगलागीबाट मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button