सेयर बजारमा केही सुधार
काठमाडौँ । तिहारपछि निरन्तर ओरालो लागेको नेपाली सेयर बजारमा सोमबार केही सुधार देखिएको छ ।
कारोबार रकममा खासै सुधार हुन नसके पनि उतारचढावका बिच बजारमा कारोबार सूचक साँढे २६ अङ्कले बढेर २७१५ अङ्कमा पुगेको छ । दीनभरिमा २२८ कम्पनीहरूका ४ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन सबै उपसूचकहरू हरियो भएका छन् । यस दिन बिमा, लघुवित्तका सूचकले बजारलाई उचालेको हो । सोमवार वाणिज्य बैङ्क, विकास बैङ्क र जलविद्युतका सूचक पनि हरियो भएका छन् ।
बजारमा बोटलर्स नेपाल तराई, महालक्ष्मी विकास बैङ्क र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ ।
आइतबार केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याजदर वृद्धिमा रोक लगाएसँगै यस दिन बजार सकारात्मक हुन पुगेको व्यवसायीहरूले बताएका छन् ।
नेपाल राष्ट्र बैङ्कले आइतबार अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरूले प्रकाशित गरेको अधिकतम ब्याजदरको औसत र न्यूनतम ब्याजदरको औसतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गरी प्रकाशित गर्नुपर्ने निर्देशन दिएको थियो ।
त्यस निर्देशनले बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याजदर धेरै नबढ्ने भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको लगानीकर्ताहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्