तपाईँ सुन्दै हुनुहुन्छः

क्यानले सोध्यो चार खेलाडीलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले चार खेलाडीलाई स्पष्टीकरण सोधेको छ । क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण मागेको हो ।

क्यानले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीसँग स्पष्टीकरण मागेको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सेन्ट्रल कन्ट्रयाक्टको विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएको कारण स्पष्टीकरण मागिएको जानकारी दिनुभयो ।  

कार्यवाहक सचिव मल्लले खेलाडीबाट जवाफ आएपछि अन्य काम कारबाही अघि बढ्ने बताए । क्यानको सेन्ट्रल कन्ट्रयाक्टको विषयमा खेलाडीहरूले असन्तुष्टि पोख्दै आएका छन् । अधिकांश खेलाडीले सेन्ट्रल कन्ट्रयाक्ट सम्झौतामा हस्ताक्षर गरेका छैनन् । जसको कारण क्यानले सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक गर्न सकेको छैन ।

क्यानले गत वर्षबाट राष्ट्रिय टिमका खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट दिँदै आएको छ । वर्गीकरण अनुसार ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीकाले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३० हजार मासिक पाउँदै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button