तपाईँ सुन्दै हुनुहुन्छः

नेकोसले खेल नीति सम्मेलनको आयोजना गर्ने

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस)ले काठमाडौँमा खेल नीति सम्मेलनको आयोजना गर्ने भएको छ ।

देश सङ्घीय संरचनामा गए पनि राज्यका निकाय बिच आवश्यक सहकार्य हुन नसकेको निष्कर्षसहित नेकोसले मङ्सिर ५ र ६ गते काठमाडौँमा खेल नीति सम्मेलन आयोजना गर्ने भएको हो ।

काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै नेकोसले सम्मेलनमा समावेश गरिने विषयका जानकारी गरायो । 

नीतिगत अन्यौलताका बिच कतिपय राष्ट्रिय खेल सङ्घ खारेजीको बाटोमा गएको उल्लेख गर्दै नेकोसले सम्मेलनबाट वर्तमान खेलकुदलाई दिशानिर्देश गरिने दाबी गरेको छ । 

दुई दिने सम्मेलन आयोजनाका लागि करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्मेलनको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुहुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button