तपाईँ सुन्दै हुनुहुन्छः

देशभर आज ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१२ हजार ४ नमुना २ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ४ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज २ सय ७० जना संक्रमित निको भएका छन् । 

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको हुनेको दर ९७ दशमलव ७ प्रतिशत छ । 

आज संक्रमित एक जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७८ पुगेको छ । 

हाल ७ हजार ३ सय ११ जना सक्रिय संक्रमित उपचाररत छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button