प्रेस चौतारी सुदूरपश्चिमको समिति विस्तार, अध्यक्षमा कृष्ण ओली चयन

अछाम । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीलाई विस्तार गरिएको छ ।
यसअघि, संयोजक र सह संयोजक पदाधिकारी र अन्य सदस्य रहेको कमिटीमा ७ जना पदाधिकारी सहित ९९ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्ण ओली चयन हुनुभएको छ । यसअघि उहाँलाई संयोजकको जिम्मेवारी थियो । ओली बाजुरा जिल्लामा पत्रकारितामा संलग्न हुनुहुन्छ ।
यसैगरी उपाध्यक्षमा लीली कुँवर (कञ्चनपुर) र हरिश चन्द बाग (कञ्चनपुर) चयन भएका छन् । महासचिवमा शिवराज भट्ट (कैलाली), सचिवमा नरेन्द्र कार्की (दार्चुला) र सचिवमा कृष्ण बहादुर बुढा (अछाम) तथा कोषाध्यक्ष लोकेश साउद (बैतडी) चयन भएका अध्यक्ष ओलीले बताउनुभयो ।
गत कात्तिक २२ गते डडेलधुरामा प्रदेश भेलामार्फत गठित समितिलाई केन्द्रीय कमिटीले अनुमोदन गरी प्रदेश कमिटीले पूर्णता पाएको हो । प्रदेश भेलाले १२ बुँदे घोषण पत्र जारी गरेको छ ।
प्रेस चौतारी सुदूरपश्चिमको ९९ सदस्यीय प्रदेश कमिटी रहने बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्