तपाईँ सुन्दै हुनुहुन्छः

परिवर्तनलाई संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

फाइल तस्बिर

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले परिवर्तनलाई संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको राष्ट्रिय समाचार समिति (रासस) शाखाले आज काठमाडौँमा आयोजना गरेको शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई मास्ने खतरा बढेको  भन्दै  प्राप्त उपलब्धिको रक्षा गर्न सशक्त भएर प्रस्तुत हुन सञ्चार जगतलाई आह्वान गर्नुभयो ।

अर्थमन्त्री शर्माले संविधानले दिएका अधिकारका विषयमा आम जनसमुदायलाई सुसूचित गराउन र मुलुकको स्वाधीनता र समृद्धितर्फको यात्रामा सरकारलाई सहयोग र खबरदारी गर्न प्रेस सेन्टर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button