तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशनका लागि कैलालीबाट हालसम्म १९ जना प्रतिनिधि चयन

धनगढी  । नेकपा एमालेको १०औँ महाधिवेशनका लागि कैलालीबाट हालसम्म १९ जना प्रतिनिधि चयन भएका छन् । 

एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले महाधिवेशनका लागी प्रतिनिधि छनौट गर्ने कार्य जारी रहेको बताउनुभयो । 

अहिलेसम्म कैलालीको निर्वाचन क्षेत्र नं.५ बाट ७ जना, क्षेत्र नं.१ बाट ५ जना र मजदुर क्षेत्रबाट ७ जना प्रतिनिधि निर्विरोध चयन भएको उहाँले जानकारी दिनुभयो । 

सचिव चन्दका अनुसार निर्वाचन क्षेत्र नं.२, ३ र ४ तथा दलित क्षेत्रबाट प्रतिनिधि चयन गर्न बाँकी रहेको छ । भोलिसम्म सबै प्रतिनिधि छनौट कार्य पूरा हुने छ ।  

कैलालीबाट ४० देखि ५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button