तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्ने क्रममा डुबेर पोखरामा एक युवकको मृत्यु

कास्की  । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एक युवकको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका वडा नं – १७ पावर हाउस स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर भारतको राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्वास पुनीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पौडी खेल्दाखेल्दै अचानक डुबेर बेपत्ता भएको जानकारी पश्चात् पुगेको प्रहरीको टोलीले खोजी गर्ने क्रममा अन्दाजी १० मिटर तल गहिराइबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको हो ।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button