महाधिवेशनका लागि इलामबाट एमालेका २१ जना प्रतिनिधि चयन

इलाम । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि इलामबाट २१ जना प्रतिनिधि छनौट भएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको इलाममा दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा २१ प्रतिनिधि छानिएको एमाले जिल्ला कमिटीले सदस्य सानु दासले बताउनुभयो ।
जिल्लाको क्षेत्र नं. १ बाट ३ जना महिलासहित ९ जना छनौट भएका छन् भने क्षेत्र नं.२ बाट ३ जना महिलासहित १२ प्रतिनिधि छनौट भएका हुन ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ बाट उदय राई, शोभा पराजुली, उमेश गुरुङ, नरेश तामाङ, कमला तामाङ, ध्रुव श्रेष्ठ, निर्मल राई, सावित्रा शिवा र विष्णुमाया आचार्य चयन हुनुभएको छ ।
त्यस्तै, क्षेत्र नं. २ बाट मणिकुमार लिम्बू, राम राना , जयप्रकाश राई, महेश बस्नेत, गणेश बराल, कृष्ण श्रेष्ठ, राजकुमार थापा, नरेन्द्रनाथ भट्टराई, तारा गुरुङ, विन्दु विश्वकर्मा, सरस्वती राई र देवेन्द्र विश्वकर्मा चयन हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्