तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेकी महिलाको हेलिकप्टरबाट उद्धार

अछाम । अछाममा भीरबाट खसेर गम्भीर घाइते एक जना महिलाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको छ ।

रुखबाट लडेर गम्भीर घाइते भएकी कमलबजार नगरपालिका वडा नं. ४ चाल्साकी बिष्णा देवी थापाको उद्धार गरिएको हो ।घाँस काट्ने क्रममा रुख बाट लडेर गम्भीर घाइते भएकी अन्दाजी ५० बर्षिया थापाको नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर लगिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनुभयो ।

अवस्था गम्भीर भएपछि उनको गृह मन्त्रालयको पहल र सुदूरपश्चिम प्रदेश सरकार कानुन मन्त्रालयको आर्थिक सहयोग मार्फत उद्धार गरिएको सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बि कुमारी थापाको भनाइ छ ।

रुखबाट लडेर घाइते भएकी थापाको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयको पहल र सुदूरपश्चिम प्रदेश सरकार कानुन मन्त्रालयको आर्थिक सहयोग मार्फत उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी मल्लकाे भनाइ छ ।

आइतबार साँझ लडेर घाइते भएकी थापाको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।थापाका ३ छोरी १ छोरा र श्रीमान् छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button