तपाईँ सुन्दै हुनुहुन्छः

पूर्ण खोप लगाएका यात्रुहरूलाई कम्बोडियामा क्वारेन्टिन आवश्यक छैनः प्रधानमन्त्री

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आइतवार कोभिड-१९ विरुदध पूर्ण रूपमा खोप लगाइएका सबै अन्तरिक यात्रुहरूलाई क्वारेन्टिन अनिवार्य नहुने घोषण गर्नुभएको छ ।

सोमबारदेखि क्वारेन्टिनमुक्त यात्रा शुरु हुने कुरा उहाँले विशेष अडियो सन्देशमा जानकारी दिनुभएको छ ।प्रधानमन्त्री हुन सेनले “हाम्रो कुल जनसंख्याको लगभग ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको खोपहरू प्राप्त गरिसकेकाले अब क्वारेन्टिनको आवश्यकता नरपर्ने,” बताउँनुभएको छ।

कम्बोडिया जाने अन्तरिक एवं बाह्य पर्यटक दुवैलाई अब क्वारेन्टिन बस्न आवश्यक पर्दैन तर कोभिड-१९ को खोप नलिएकाहरुले भने १४ दिनको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्नेछ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button