तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको अधिवेशन सम्पन्न गराउन काँग्रेसले तोक्यो संयोजक

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रका सात नेतालाई संयोजक तोकेको छ । 

पार्टीको आज बसेको बैठकले प्रदेश अधिवेशन गराउनका लागि प्रदेश १ मा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई, प्रदेश २ मा नेता रमेश रिजाललाई, बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई र  गण्डकी प्रदेशमा नेता गोपालमान श्रेष्ठलाई संयोजक तोकेको नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले जानकारी दिनुभयो ।

यसै गरी बैठकले लुम्बिनी प्रदेशमा नेता बालकृष्ण खाँणलाई, कर्णाली प्रदेशमा जीवनबहादुर शाहीलाई र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्र प्रसाद बडूलाई प्रदेशको अधिवेशन गराउनका लागि संयोजकको जिम्मेवारी दिएको नेता पौडेलले बताउनुभयो । 

पार्टी केन्द्रीय समितिको बैठक अहिले पनि जारी रहेको र बैठकमा पार्टीका जनसम्पर्क समिति तथा भातृ संस्थाहरूको महाधिवेशनका सन्दर्भमा छलफल भइरहेको नेता पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button