तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिग छनौटको उपाधि धनगढी उपमहानगरलाई

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ ।

एन्फा कम्प्लेक्स सात दोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ३–१ ले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा धनगढी सफल भयो ।

पेनाल्टीमा  धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरिन् । ललितपुरकी निर्मला विकले गोल गरिन् । 

उपाधिसँगै धनगढीले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेको छ । 

विजेता धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् । 

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button