तपाईँ सुन्दै हुनुहुन्छः

पाँच महिनापछि सदरमुकाम मार्तडीमा बस

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा ५ महिनापछि बस सञ्चालनमा आएका छन्। 

बर्षातको समयमा साँफे मार्तडी सडक खण्डको बल्देदेखि दवारी सम्मको सडक खण्ड अवरुद्ध भएपछि असारको पहिलो साताबाट मार्तडीसम्म बस पुग्न सकेका थिएनन् ।

बल्दे र अम्कोटमा गएको पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो। आइतबार मार्तडीमा बस पुगेका जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोमबारदेखि सदरमुकाम मार्तडीबाट बस छुट्ने भएका छन्। 

सदरमुकाम मार्तडीबाट बस सेवा सञ्चालनमा आएपछि स्थानीयलाई धनगढी, नेपालगन्ज, काठमाडौँ लगायतका स्थानमा यात्रा गर्न सहज हुने भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button