तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

भद्रपुर, झापा । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्क लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ वर्षीय सुवास खवास रहेका छन् ।

शनिबार राति अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्रामसहित पक्राउ गरेको हो । 

पक्राउ परेका खवासलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button