प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा भट्ट चयन

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशनबाट अरुणप्रसाद भट्ट अध्यक्षमा चयन हुनुभएको छ ।
उपाध्यक्षमा धर्मराज कठायत, महिला उपाध्यक्षमा मनीषा जोशी, सचिवमा भाष्कर केसी, सह सचिवमा विकास सिह महता, खडक कोली, कोषाध्यक्ष पदमा डम्बरराज भट्ट चयन हुनुभएको छ ।
यसैगरी, सदस्यमा प्रेमराज भट्ट, पदमराज पन्त, कल्पना चौधरी, सरस्वती भट्ट, वीरसिंह ऐरी, पुष्कर दत्त भट्ट, नरेश राना, सुवर्ण प्रसाद जोशी, धनसिंह धामी, गोविन्द राज अवस्थी, हरिना सार्की सोनी दमाई, मनोज लेखक र रोशन नेपाली चयन हुनुभएको छ ।
सेन्टरका सुदूरपश्चिम इन्चार्ज राम सिंह ठगुन्नाले चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्