तपाईँ सुन्दै हुनुहुन्छः

गायक प्रमोद खरेलको ‘औकात’ सार्वजनिक : दर्शक, श्रोताको माया चुलिँदो

काठमाडौँ । पछिल्लो पटक सार्वजनिक भएको औकात बोलको गीत दर्शक श्रोताको  मन मुटुमा बस्न सफल भएको छ । 

युवराज घिमिरेको प्रस्तुति, विद्या निर्दोष पहाडीको शब्द रचना र डिबी निरंकारीको सङ्गीत रहेको गीतमा अहिलेका चर्चित गायक प्रमोद खरेलले आवाज दिनुभएको छ  ।

विशाल निरौलाको युटुव च्यानलमार्फत सार्वजनिक भएको गीतले दुई दिन नपुग्दै एक लाखभन्दा बढी दर्शक श्रोताको माया पाएको छ ।

प्रेममा सर्वस्व सुम्पिदा पनि प्रेमीले प्रेम सुख नपाएको र प्रेमीका अरूसँग नै रमाएको कथा गीतमा उठाइएको छ ।

विक्रम चौहानले निर्देशन गर्नुभएको गीतमा युवा पुस्तामा अत्याधिक मन पराइएकी मोडेल गीता ढुङ्गाना , युवराज घिमिरे र डिबी निरंकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button