एमाले सल्यानले टुङ्ग्यायो महाधिवेशन प्रतिनिधि

सल्यान । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि सल्यानमा प्रतिनिधि चयन भएका छन् ।
सङ्गठित सदस्यको आधारमा सल्यानबाट खुल्लातर्फ ५, महिला २ र दलित १ महाधिवेशन प्रतिनिधि चुनिएका हुन ।
खुलाबाट पार्टी अध्यक्ष गोविन्द कुमार पुन, उपाध्यक्ष भीमबहादुर सेन, उपसचिव दानबहादुर केसी, पूर्व अध्यक्ष लोकबहादुर डाँगी र प्रदेश कमिटी सदस्य तिलक मल्ल छानिएको नेकपा एमाले सल्यानले जनाएको छ ।
त्यस्तै, महिला प्रतिनिधिमा पुष्पा कुमारी बोहरा र शहनसिलता ओली डिसी चयन हुनुभएको छ भने दलितबाट जनक विक चुनिनुभएको एमाले सल्यानका सह सचिव दान बहादुर खत्रीले जानकारी दिनुभयो ।
एमाले सल्यानको १२औँ पूर्ण बैठकले महाधिवेशन प्रतिनिधि छनौट गरेको उहाँको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्