तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजवाद पहिल्याउन सहकारीले महत्त्वपूर्ण भूमिका खेल्छ’

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक शेयर सदस्य सम्मान समारोहमा उहाँले सहकारीलाई संविधानले प्रमुख आर्थिक अङ्गका रुपमा स्वीकार गरेको बताउनुभयो । 

अर्थ सामाजिक विकासमा सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै ऊर्जा मन्त्री भुसालले संस्कृति र संस्कारलाई पनि सहकारीले पुस्तान्तरण गर्न सहयोग गरेको उल्लेख गर्नुभयो । 

मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई फाइदा पुग्ने गरी २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क ऊर्जा उपलब्ध गराएको स्पष्ट पार्नुभयो । जसबाट २६ लाख घरपरिवार अर्थात् एक करोड ३० लाख बढी नेपाली जनताले फाइदा पाउने मन्त्री भुसालले बताउनुभयो । 

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन भन्दा विद्युतीय सवारी साधन नै सस्तो हुने भएकाले आगामी दिनमा त्यसतर्फ लाग्न पनि उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा सहकारीका ४० जना संस्थापक सदस्यलाई सम्मान गरियो । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button