सिमरामा नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने
बारा । ग्रास रुट देखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले बाराको सिमरामा प्रथम नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ग्रास रुटस फाउन्डेसन सिमराले पत्रकार सम्मेलन गरी मङ्सिर १६ गतेदेखि सुरु हुने प्रतियोगिताको विषयमा जानकारी दिएको हो ।
प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिकाका २० वटा विद्यालयहरूको सहभागिता रहने आयोजक ग्रास रुटस फाउन्डेसन सिमराका अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने प्रतियोगीलाई शिल्ड, प्रमाण पत्र र पदक प्रदान गरिने ग्रास रुट्स फाउन्डेसनले जनाएको छ ।
पत्रकार सम्मेलनमा नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरी, ग्रास रुट्स फाउन्डेसनका उपाध्यक्ष रिता कँडेल, विद्यालयका प्रतिनिधि वसन्त ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कक्षा १० सम्मका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्