तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नु विकल्प छैन’

देवराज सुवेदी, सिन्धुपाल्चोक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको आशा अब काँग्रेसमा मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नु विकल्प नभएको बताउनुभएको छ ।  

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । 

उहाँले देशलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button